दफा ३०
दण्ड सजाय
: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्न, बनाउन वा पेश गर्नु पर्ने विवरण, हिसाब किताब प्रतिवेदन वा अन्य कुनै कागजमा जानी जानी वा बदनियतसाथ झुठो तथ्य देखाउन वा सांचो कुरा दवाई व्यहोरा फरक पार्ने वा सो कुराको उद्योग गर्ने व्यक्तिलाई तीनवर्ष सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(२) सञ्चालक वा संस्थानको कुनै कर्मचारीले जानी जानी वा लापरवाही गरी वा बदनियतसाथ उपदफा (१) मा लेखिए बाहेक अन्य कुनै कुरा गरी संस्थानलाई हानी
नोक्सानी पु¥याएमा निजलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) सञ्चालक वा संस्थानको कुनै कर्मचारीले दफा २२ अन्तर्गत जाँचबुझ गर्न नियुक्त भएको व्यक्तिलाई निजको काम काजमा बाधा पु¥याएमा वा त्यस्तो व्यक्तिले
कानून बमोजिम मागेको कागजपत्र वा सूचना कुनै मनासिब कारण बिना नदिएमा वा दिनमा लापरवाही गरेमा निजलाई एकहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) कसैले संस्थानको लिखित स्वीकृति नलिई कुनै विवरणपत्र वा विज्ञापनमा संस्थानको नाम प्रयोग गरेमा निजलाई ६ महीना सम्म कैद वा एक हजार रुपैयाँसम्म
जरिवाना वा दुवै सजाय हुनेछ ।
(५) तत्काल सञ्चालक वा महाप्रबन्धक भएको कुनै व्यक्तिले दफा १६ उल्लंघन गरी संस्थानसँग हुने ठेक्का पट्टामा हिस्सेदार भई सो दफा बमोजिम जाहेर गर्नु पर्ने नगरी
सो हैसियतबाट कुनै फाइदा उठाएको वा उठाउन उद्योग गरेमा निजलाई २ वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(६) यस दफाबमोजिम सजाय हुने अपराधबाट संस्थानलाई कुनै हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो समेत सो अपराध गर्ने व्यक्तिबाट असूल
उपर गरिनेछ ।